यमनमा मानवीय सङ्कट थप जटिल बन्दै

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ४ : १२


द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र यमनमा मानवीय सङ्कट विश्वको विश्वको सबैभन्दा जटिल विन्दुमा पुगेका राष्ट्रसङ्घले बताएको छ । 

मङ्गलबार यमनका लागि संयुक्त राष्ट्र संघका आवासीय मानवीय समन्वयकर्ता लीज ग्रान्डे भन्नुभयो, यमनमा विशाल जनसङ्ख्या दाताहरूको सहयोगको पर्खाई गर्नुको विकल्प नै छैन । 

उहाँले भन्नुभयो, “मानवीय सहयोगका लागि यमनमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायले त्यस्तो वातावरण निर्माण गर्नुपर्दछ जहाँ उनीहरू मानवीय सिद्धान्तहरूमा समर्थन बटुल्न सक्छन् ।” 

सरकारी सेना र इरान निकट यमनी हुथी समूहको द्वन्द्वको कारण देशमा दाहोरो जोखिम छ । लाखौं यमनीले बाँच्नका लागि खाद्य सहायता लिनुको विकल्प छैन । “यमनमा झण्डै ८० प्रतिशत जनसङ्ख्याको लागि सहायता जीवन रक्षाको एक माध्यम भएको छ,” सहायताका लागि यमनमा तैनाद अधिकारीले भन्नुभयो ।  

“मलाई यमनको सङ्कट देख्दा निद्रा भङ्ग भएर आउँछ,” उहाँले यमनको कहालीलाग्दो स्थितिलाई वर्णन गर्दै भन्नुभयो । “के हामी करोडौं मानिसहरूबाट टाढा जान सक्छौं । सहायता बिना उनीहरू सहजै अनिकालमा पर्न सक्छन् ।” जोखिम यति धेरै छ तर यस हप्ताको बैठक र छलफलमा जोड दिइने सम्भावित विकल्पको साथ एकीकृत प्रतिक्रियालाई सम्बोधन गर्ने कुरा सहायता कार्यक्रमलाई अवरूद्ध हुन वा खारेज हुनबाट जोगाउने रहनेछ ।

“सहयोगको खाँचो भएकालाई सहयोग पु¥याउने कुरा बेलायतले संयुक्त राष्ट्रसङ्घलाई अरु दाताहरुसँग मिलेर योजनाको नेतृत्व लिन आग्रह गरिरहेको छ । हामी सबैलाई कसरी सहयोग दिने भन्ने कुरालाई प्राथमिकता दिन सक्छौँ,” संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) का प्रवक्ताले बताउनुभयो । 

यमनी चिकित्सक अब्दुल्ला थावाबाले केवल क्यान्सर अस्पतालले बच्चाहरूलाई उनीहरूको आवश्यक उपचार दिन नसक्ने बताउँदै यमनमा स्वास्थ्य क्षेत्रमा पनि अनगिन्ती समस्या रहेको बताउनुभयो । 

“हामीले केही समयको लागि बिभिन्न दिशामा जानुपर्दछ, जबसम्म हामी यमनको सङ्कटको अवस्थालाई फर्काउन सक्दैनौँ । यो हाम्रो जिम्मेवारी हो,“ लिसे ग्रान्डीले भन्नुभयो । उहाँले एक करोड चालिस लाख व्यक्तिभन्दा बढीलाई पुग्ने कार्यक्रमको सुरक्षाका लागि वरिष्ठ हुथी अधिकारीहरूसँग निरन्तर छलफल गर्न अग्रणी भूमिका खेलेका छन् । “हामी सहयोग गर्न उपायहरू खोज्न प्रतिबद्ध छौं,” उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्