छोरीले गरिन् भागेर अन्तरजातिय बिहे, परिवारले गर्‍यो सामूहिक आत्महत्या

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ३ : २६


छोरीले भागेर अन्तरजातिय विवाह गरेको भन्दै एक परिवारले सामूहिक आत्महत्या गरेको खबर सार्वजनिक गरेको छ। 

भारतको महाराष्ट्रस्थित गढचिरौली भन्ने स्थानमा यो घटना भएको हो। घरकी छोरीले एक युवकसँग भागेर अन्तरजातिय विवाह गरेको भन्दै आमा, बाबु र भाइले इनारमा हाम फालेर सामूहिक आत्महत्या गरेको त्यहाँका प्रहरी अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

आफ्नो पूरै परिवारले सामूहिक आत्महत्या गरेको थाहा पाएपछि विवाह गरेर जाने युवतीले पनि इनारमा हाम फालेर आत्महत्याको प्रयास गरेको समाचारमा उल्लेख छ। तर उनले आत्महत्या गर्न लागेको देखेपछि गाउँका मानिस मिलेर उनको ज्यान बचाएका छन्। 

घटना सोमबार साँझ भएको थियो। जहाँ गढचिरौलीस्थित विवेकानंद नगरका रविन्द्र वरगंटीवार,  उनकी पत्नी वैशाली र १७ वर्षीय छोराले इनारमा हाम फालेर सामूहिक आत्महत्या गरेका थिए। उनीहरुको शव इनारबाट निकालेर पोटमार्टमका लागि पठाइएको बताइएको छ। 

छोरीले तल्लो जातको केटासँग भागेर विवाह गरेको थाहा पाएपछि तनावमा रहेको परिवारले आत्महत्याको बाटो रोजेको जनाइएको छ।  


प्रतिक्रिया दिनुहोस्