दिल्ली । दिल्लीमा भाजपा पछिल्लो २० वर्षदेखि सत्ताबाट टाढा छ र आगामी ५ वर्षका लागि पनि उसको अपेक्षामा पानी परेको छ। यो चुनाव भाजपाका लागि निकै महत्वपूर्ण थियो। भाजपा सत्तारुढ दल अर्थात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी हो। भाजपाले चुनाव जित्नका लागि सबै बल प्रयोग गरेको थियो। तर भाजपा आम आदमी पार्टी अर्थात अरविंद केजरीवालका सामु टिक्न सकेन्।
आम आदमी पार्टी (आप) ले ६३ सिटमा जित निकालेको छ। निर्वाचनपछि भापजा आप पार्टीका सामु टिक्न नसक्नुका ५ कारण बताइएको छ। यस्ता छन् भारतीय मिडियामा सार्वजनिक भएका ५ कारण
प्रचारमा योजना बी को तयारी नहुनु
बीजेपी २०१४ को लोकसभा चुनाव प्रचारको जुन तरिकामा चलेको छ, दिल्ली चुनावमा पनि त्यही प्रचारको तरिका अप्नाइयो। भाजपाले यो चुनावमा पनि त्यही हिन्दूत्व, पाकिस्तान विरोध, मोदीको सत्ता जस्ता योजना लिएर चुनाव प्रचारमा उत्रियो। भाजपाले आफू आम आदमी पार्टी अर्थात दिल्लीमा लोकप्रिय केजरीवालसँग भिड्न लागेको सोचेन। पुरानै शैलीमा चुनावी प्रचार गर्नु र योजना बी अगाडि नसार्नु भाजपाका लागि हार व्यहोर्नुको कारण बन्यो।
थिएन् केजरीवालको जस्तो लामो चुनावी प्रचारको तयारी
२०१४ को लोकसभाको चुनाव अघि नै गुजरात मोडलको चर्चा पूरै देशमा थियो। लोकसभामा प्रधानमन्त्री बन्नु अघिनै नरेन्द्र मोदीको व्यक्तित्वका बारेमा पूरै देशमा चर्चा थियो। यसका लागि बीजेपीले २०१२ देखिनै मेहनत गर्न सुरु गरिसकेको थियो। यसरीनै आम आदमी पार्टीले सन् २०१८ देखिनै तयारी थालेको थियो। दिल्लीको गल्ली गल्ली र स्कुलमा पनि परिवर्तनको दाबी गर्दै केजरीवाल सबैको मन मस्तिष्कमा बस्न सफ लबनेका थिए। तर भाजपाले त्यसो गर्न सकेन्।
भाजपाको अपेक्षामा उत्रिएन् कांग्रेस
बीजेपी यस आशामा बस्यो की यदी कांग्रेसले लोकसभाको जस्तो दिल्ली प्रतिस्पर्धा जस्तो त्रिकोणिय बनाए त नतिजा आफ्नै पोल्टामा पार्न सकिन्छ। तर यो पनि दिल्लीमा कांग्रेस पनि प्रतिस्पर्धामा उत्रिन पछि हटेन्। यसको फाइदा आम जनता पार्टीलाई भयो र भाजपा पछि हट्यो।
केजरीवालसँगको प्रतिस्पर्धामा फेल भए मनोज तिवारी
सन् २०१५ को चुनाव किरन बेदीको प्रयोगले भाजपालाई यसरी डराएको थियो की यस पटक मुख्यमन्त्रीको उम्मेद्वारको नाम घोषीत गर्नुअघि भाग खडा भयो। आम आदमी पार्टीले लगातार उसलाई च्यालेन्ज गरिरह्यो र बीजेपीका साथ यसको जवाफ थिएन्। उसको साथमा प्रदेश अध्यक्षका रुपमा उत्तर–पूर्वी दिल्लीका सांसद् मनोज तियारीको अनुहार थियो। जो केजरीवालसँगको प्रतिस्पर्धामा टिक्न पाएनन्।
बीजेपीबाट सिक्नु र बीजेपीको तरिका अप्नाउनु
सन् २०१४ को लोकसभा चुनावमा जनतासामु आफ्नो चर्चा गराउन भाजपाले जुन तरिका अप्नायो, त्यही तरिका अब उसका विरोधी पार्टीले पनि अप्नाउन सुरु गरे। बीजेपीले सन् २०१४ बाट कांग्रेस र उसका नेता राहुल गान्धीलाई निशानामा लिएर जुन तरिकाको चर्चा गरे, त्यही तरिका आम आदमी पार्टीले यस चुनावमा भाजपा र उनका नेता मनोज तिवारीलाई निसाना बनाएर गरे। जसका कारण तिवारी कमजोर र केजरीवाल बलियो देखिए।