पाटे बाघको छाला सहित तीन जना पक्राउ

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  २ : १५


काठमाडौं । संरक्षित वन्यजन्तु पाटे बाघको छाला सहित ३ जनालाई दाङ, तुल्सीपुर उपमहानगरपालिका–५ बसपार्कबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सल्यान बनगाड किपण्डे नगरपालिका(२ बस्ने ३७ वर्षीय यम बहादुर राना, सल्यान त्रिवेणी गाँउपालिका–१ बस्ने ३० वर्षीय सुरनित रामजा बुढा मगर र सल्यान शारदा नगरपालिका–१ बस्ने २६ वर्षीय रमित सुनार रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार(पसार तथा खरिद बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाइएको व्यूरोले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्