हिउँदे अधिवेशनले प्रदेश नं १ को नाम जुराउँदै

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १ : ५७


प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशनले प्रदेशको नाम जुराउने प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले बताउनुभएको छ । 

आज धरानमा भएको एक अनौपचारिक भेटघाटमा सभामुख भण्डारीले प्रदेशको नाम निकै पेचिलो मुद्दा बन्दै गएको भए पनि प्रदेशले हिउँदे अधिवेशनबाट नाम पाउने बताउनुभयो। “नामका लागि राजनीतिक दल, सरकार आन्तरिक छलफलमा जुटेका छन्। छिट्टै सरकारले सदनमा प्रस्ताव ल्याउने छ । हिउँदे अधिवेशन अन्य अगावै प्रदेश नं १ ले नाम पाउने छ”, सभामुख भण्डारीले भन्नुभयो। 

जातीय पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै विभिन्न जातीय सङ्घ संस्थाले ज्ञापनपत्र बुझाउने काम भइरहेको पनि सभामुख भण्डारीले बताउनुभयो । ठूला राजनीतिक दलले नदी नाला, हिमालको नाममा नाम राख्ने सङ्केत गरेका छन्। 

प्रदेश ३, ४ र ७ मा क्रमशः वाग्मती, गण्डकी र कर्णाली नाम राखिएको छ। सरकारले नामको विषयमा संसद्लाई काम दिएपछि नामका विषयमा प्रस्ताव आह्वान गर्नुपर्ने हुन्छ। नियमअनुसार प्रदेशसभामा नाम दर्ता गर्न एक जना प्रस्तावक र दुई जना समर्थक चाहिन्छ। 


प्रतिक्रिया दिनुहोस्