काठमाडौं । मोबाइलमा आफ्नो औला चलाउदै पहिला एक अर्कालाई रोज्ने अनि कुराकानी गर्ने र पछि भेटघाट गर्ने । पहिलेको युगमा यो सबै गर्न महिनौ लाग्दथ्यो, कसैसँग कुरा गर्न र डेटमा जान ठुलै आँट गरेर अगाडी बढ्नु पर्दथ्यो तर अहिले प्रविधिको विकास सँगै संसार सानो भएको छ । आफुले चाहेको व्यक्ति खोज्न मिनेट लाग्दैन, यो सबै स्मार्टफोनको स्क्रिनमा प्रयोगकर्ताले औला कहाँ छुने, हुन्छ वा हुँदैन भन्ने निर्णयमा भर पर्छ र यो सबै नयाँ युगको डेटिङ्ग एपले गर्दा सम्भव भएको हो ।
डेटिङ एप
डेटिङ एप मोबाइलमा इन्टरनेटक माध्यमबाट चल्ने एक साधारण एप जस्तै देखिन्छ तर यसले प्रयोगकर्ताको जीवनमा विशेष प्रकारको प्रभाव पर्दछ । उक्त एपले मानिसलाई मन पर्ने अर्को मानिस संग जोड्ने काम गर्छ । यहाँ प्रयोगकर्ता एकाअर्कासँग फ्लर्ट गर्छन्, कुराकानी गर्छन् र माया–प्रेम गर्न थाल्छन् साथै कतिपयको यस्तै एपको माध्यमबाट विवाह पनि हुन्छ । यो एप लोकेशनमा पनि आधारित हुन्छ, जसको मतलब मानसिको नजिकैको स्थान, वरपरको साथी खोज्न सजिलो हुन्छ ।
टिन्डर नेपाल र भारतमा निकै लोकप्रिय डेटिङ एप हो अरु पनि थुप्रै एप छन् जस्तै, बम्बल, ह्यापेन, ट्रली मेडली, ओके क्यूपिड, ग्राइन्डर आदि । प्राय सबै एप निशुल्क प्रयोग गर्न मिल्छ तर यी एपहरु पैसा तिरेर राम्रो जोडी खोजिदिने दावी पनि गर्छन् । उक्त एपमा प्रयोगकर्ताको म्याच तयार गर्न, लोकेशनदेखि उमेर र सेक्शुअल ओरिएन्टेशनको आधारमा मानिसलाई भेटाउने काम हुन्छ ।
मिनाक्षी २४ वर्षकी भईन् उनि छुट्टै–छुट्टै शिफ्टमा काम गर्छिन् र थुप्रै यात्रा पनि गर्छिन् । उनी भन्छिन्, 'अरु मानिससंग भेट्ने फुर्सद हुँदैन' उनले टिन्डर डाउनलोड गरेकी छिन् , त्यहाँ उनले थुप्रै केटाहरुको प्रोफाइल हेरेकी छिन् ।
टिन्डरमा एक स्वाइपिङ्ग टूल हुन्छ, आफुलाई मन पर्ने प्रोफाइल राइट स्वाइप गर्यो र मन नपरेकोलाई लेफ्ट स्वाइप गर्नुपर्छ । यदी दुवै एकअर्कालाई मन पर्यो भने राइट स्वाइप गर्छन् र दुवै पक्ष मन पर्यो भने तिनीहरु एउटा ‘म्याच’ बन्नेछन् । टिन्डरको अनुसार यसको प्रायजसो प्रयोगकर्ता १८ देखि ३० वर्ष उमेर समूहका हुने गर्दछन् ।
टिन्डरको वेबसाइटको अनुसार विश्वमा हरेक दिन दुई अरब मानिस टिन्डर प्रयोग गर्छन्, हरेक हप्ता दश लाख डेट्स यसको माध्यमबाट हुन्छ । अहिलेसम्म ३० अरब भन्दा धेरै मानिस यसको माध्यमबाट म्याच भएका छन् वा भेट भएका छन् र एक सय ९० देशमा मनिसहरु यसको प्रयोग गर्छन् ।
भारतको लागि टिन्डरको मुख्य प्रवन्धक तरु कपूर भन्छिन्, 'पढाई र कामको व्यस्तताको कारण अहिलेको युवाहरुको सर्कल निकै सानो छ, उनीहरुको एक–दुई जना बाहेक साथी हुँदैनन् ।' डेटिङ्ग एपको चलन लोकप्रिय हुनुको कारण पनि मानिस साग विचार र रोजाइ मिल्ने अरु नयाँ मानिसहरुसँग बोल्न चाहन्छन्, आफुलाई मनपर्ने मानिससँग भेट्न चाहन्छन् ।
मिनाक्षीले अरु थुप्रै डेटिङ्ग एप पनि प्रयोग गरिन् । उनि ती डेटिङ एपको माध्यमबाट कतिपय यस्तो मानिससँग भेटिन्, जसलाई उनले कहिले पनि भेटेको वा कतै देखेको पनि थिइनन् । त्यसैले मानिसहरुलाई लाग्छ डेटिङ एपले उनीहरुको यस सिमानालाई बढाएर ठुलो बनाएको छ ।
तरु कपुर भन्छिन्, 'पहिला मानिस आफु जन्मेर ठुलो हुने क्रममा स्कुल जान्थे र सबै जीवन नै त्यसैमा केन्द्रित हुन्थ्यो तर अहिलेको नयाँ पिंढी, पढाई र कामको लागि अलग–अलग शहरमा जान्छन् ।' त्यहाँ उनीहरु आफ्नो नयाँ सर्कल बढाउन चाहन्छन् । आजको समयमा सबै जनासँग स्मार्टफोन हुन्छ ।
मानिसहरु आफ्नो यस व्यक्तिगत उपकरणको माध्यमबाट प्राय सबै काम गर्छन् । आजका युवा आफ्नो जिन्दगीमा नियन्त्रण पनि चाहन्छन् र आफ्नो जिम्मेवारी पनि लिन्छन् । महिलाहरुमा जब शिक्षा र आर्थिक आत्मनिर्भरता बढ्दै जान्छ, उनिहरु आफ्नो करियर, परिवार, साथी–भाई, प्रेम विवाहको बारेमा आफै निर्णय लिन चाहन्छन् ।
रिलेशनशीप एक्सपर्ट निशा खन्ना भन्छिन्, 'आजकल जब सम्म युवा आफ्नो करियर सेट गर्दैनन् तब सम्म प्रेम र विवाहको बारेमा सोच्दैनन् र त्यस समय सम्म उनीहरु ३०–३५ वर्षका हुन्छन् तर आफुसंगै घुम्न जाने मानिस वा पार्टनर चाहन्छन् ।'
डेटिङ एपमा कतिपय मानिस यस्तो छोटो अवधिको सम्बन्ध खोजिरहेका हुन्छन् । टिन्डर र बम्बलमा मानिस यौन सम्बन्धको लागि जाने गर्दछन् र यस्तो शार्ट टर्म रिलेशनको लागि जान्छन् जसमा भावनात्मक संलग्नता हुँदैन ।
भावनात्मक संलग्नता नभएको सम्बन्ध
रवि २६ वर्षको भए, उनि डेटिङ्ग एप प्रयोगकर्ता हुन् । उनी केवल हुकअप्सको लागि मात्र डेटिङ्ग एप्स चलाउने गर्छन् र कुनै गहिरो सम्बन्धको लागि त्यहाँ खोज्ने गर्दैनन्, उनि आकस्मिक यौनको लागि पार्टनर खोज्ने गर्दछन् । उनले कतिपय महिलासँग वान नाइट स्ट्यान्ड पनि गरेका छन् ।
अर्की प्रयोगकर्ता शिवानी भन्छिन्, डेटिङ एपमा भेटिएका पुरुषसँग उनि आफ्नो सेक्शुएलिटीको बारेमा खुलेर कुरा गर्न सकिन् । उनि भन्छिन्, “बाहिरको संसारमा उनलाई यस विषयमा मुल्यांकन गर्छन् तर त्यहाँ कोहि कसैलाई जज गर्दैन, मानिसहरु खुलेर आफ्नो यौन चाहनाको बारेमा कुरा गर्न सक्छन् ।
रिलेशनशीप एक्सपर्ट निशा खन्ना भन्छिन्, 'शुरुवातको समय सम्बन्धमा महिलाहरु धेरै कम्प्रमाइज गर्दथे, एडजस्टमेन्ट गर्नु पर्दथ्यो तर अब समय परिवर्तन भएको छ । अब महिलाहरु आफ्नो अधिकारको विषयमा धेरै सचेत भएका छन्, घर बाहिर काम गर्न थालेका छन् त्यसिले उनीहरु बाहिर संसारमा धेरै घुलमिल भएका छन् । शुरुवातमा महिलाहरुले डेटिङ एप प्रयोग गर्दैन थिए प्राय पुरुषहरु मात्र प्रयोग गर्दथे तर अहिले महिला पनि आफ्नो यौन इच्छाको बारेमा कुरा गर्न थालेका छन् । आफ्नो रोजाईको विषयमा कुरा गर्छन्, अर्गेजमको बारमा बोल्छन् । कतिपय महिला विवाह नगरी सिंगल बस्न चाहन्छन् ।'
फेमिनिस्ट डेटिङ एप
यस्तो एप प्रयोग गर्ने प्रायजसो पुरुष नै रहेका छन् । वुु नामको डेटिङ एपले सन् २०१८ मा एक अनुसन्धान गरेको थियो, प्रतिवेदनको अनुसार यस्तो डेटिङ एपमा जेन्डर ग्याप धेरै छ । भारतमा डेटिङ एप प्रयोग गर्ने समग्र मानसिमा केवल २६ प्रतिशत मात्र महिला रहेका छन् । जसको मतलब भारतमा हेरक एक महिलाको लागि तीन जना पुरुष विकल्पमा रहेका छन् ।
डेटिङ कम्पनीको अनुसार महिला कै कारणले डेटिङ एप चलिरहेको छ, त्यसैले पनि कम्पनि धेरै भन्दा धेरै महिला डेटिङ एप प्रयोग गरुन् भन्ने चाहन्छन् । तरु कपूर भन्छिन्, 'इन्टरनेट प्रयोग गर्ने मध्य ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेका छन् । आजको पिंढीले विवाहको उमेर बढाएका छन् तर पुरुषको तुलनामा महिलाको छिट्टै बिहे हुन्छ ।'
सिङ्गलतर्फ पुरुष धेरै छन् महिला कम त्यसैले पनि महिलाहरुलाई डेटिङ एपमा सहजता प्रदान गर्न कम्पनी लागिपरेको छ । तरुको अनुसार, महिला पुरुषको तुलनामा टिन्डरमा दोब्बर समय बिताउँछन्, उनीहरु बढी स्वाइप गर्ने र च्याट गर्नेमा धेरै व्यस्त हुन्छन् ।
तरु भन्छिन्, 'महिलाहरु चाहन्छन् कि उनीहरुको जिन्दगीमा जे भएपनि त्यसमाथि आफ्नो नियन्त्रण होस् तर पितृसत्तातमक समाजको कारण वास्तविक संसारमा उनीहरुको उक्त नियन्त्रण निकै कम छ ।' डेटिङ एप महिलाको लागि धेरै सहज बानाउन व्हिटनी वोल्फ हर्डले सन् २०१४ मा बम्बल एप शुरू गरेको हो ।
वोल्फ हर्डले बम्बललाई ुफेमनिस्ट डेटिङ एपु बताएको छ । भारतमा प्राय मानिस अहिले यसको प्रयोग गरिरहेका छन् यस एपको विशेषता भनेको, यदि एउटा केटा र एउटा केटी एक अर्कालाई मन पराउँछन् भने वा म्याच भएका छन् भने महिला नै पुरुषलाई पहिला मेसेज गर्न सक्छन् मतलब कुराकानी शुरुवात गर्ने अधिकार पुरै महिला संग हुन्छ ।
बम्बलको अर्को विशेषता भनेको यहाँ तीन तरिकाको विकल्प रहेको छ, “डेट, बीएफएफ र बिजनेस” एप डाउनलोड भएपछि प्रयोगकर्तालाई सोध्छ कि कस्तो प्रकारको सम्बन्ध चाहिएको हो – कसैलाई डेट गर्न चाहिएको हुन्छ, साथी चाहिएको वा करियर संभावनाको लागि नेटवर्क बढाउन चाहने यी तीन विकल्प रहेका छन् ।
यसको अनुसार प्रयोगकर्ता एक विकल्प रोज्न सक्छन् । ओके क्यूपिड नामको डेटिङ्ग एपमा पनि महिलाको लागि विशेष व्यवस्था गरिएको छ ।
जस्तै साइन अप गर्ने समयमा महिलालाई वैवाहिक स्थिति, विवाहपछि पनि काम गर्न चाहन्छिन् वा चाहानन्, आफ्नो पार्टनरबाट यसको बारेमा कस्तो जवाफ अपेक्षा गर्छिन् वा मिटु मुभमेन्टको बारेमा कस्तो विचार छ जस्तो कुनै प्रकारको प्रश्न सोधिने छैन ।
संभावित म्याच इन प्रश्नको उत्तर दिनुपर्ने हुन्छ तर त्यसको अनुसार महिलाको लागि ती प्रश्न फिल्टर गरिएको हुन्छ । ट्रली मेडली डेटिङ एपको अनुसार यो सिरियस डेटिङ चाहने प्रयोगकर्ताको लागि हो । ट्रुली मेडलीका सिईओ स्नेहिल खनोर भन्छन्, ूप्राय प्रयोगकर्ता २५ वर्ष भन्दा माथिका छन् । प्रयोगकर्ताको कुल संख्या ५० लाख रहेको छ ।
उनि भन्छन्, 'युवाहरु अब मागी विवाह सेटअप गर्न चाहदैनन् । प्रारम्परिक विवाहमा जान मन पाराउँदैनन् किनकी यो पनि एक प्रकारको मागी विवाह जस्तै हो क्याजुअल हुकअप डेटिङ्ग एपमा प्रयोगकर्ता प्रेमको अपेक्षा राख्न सक्दैनन् ।'
प्रियाले आफ्नो श्रीमानलाई डेटिङ्ग एपको माध्यम बाट भेटेकी थिइन् । उनीहरुको विवाह भएको दुई वर्ष भयो र सम्बन्धमा निकै खुसी पनि छन्, उनीहरु दुवैजना सानो शहरका हुन् । प्रियाको श्रीमान लखनऊका हुन् र प्रिया वाराणसीकी हुन् । स्नेहिल खनोर भन्छन्, 'सानो शहरमा पनि डेटिङ एपको प्रयोग बढिरहेको छ ।
तरु कपूरको अनुसार सानो शहरहरुमा टिन्डर प्रयोग गर्नेको वृद्धि दर ठुलो शहरको भन्दा धेरै छ । अनलाइन बजार अनुसन्धानकर्ता स्टेटिस्टाको अनुसार भारतमा सन् २०२० मा दुई करोड २५ लाख मानिस अनलाइन डेटिङ्ग एप प्रयोग गरिरहेका छन् ।
सन् २०२४ सम्ममा दुई करोड ६८ लाख प्रयोगकर्ता हुने अनुमान गरिएको छ । अहिले प्रयोगकर्ताको संख्या एक दशमलव छ प्रतिशतले बढिरहेको छ र सन् २०२४ सम्म उक्त दर एक दशमलव नौ प्रतिशत पुग्नेछ। राम्रो म्याच पाउने सम्भावना बढाउनको लागि यी मध्य कतिपय डेटिङ्ग एपमा पैसा खर्च गरिरहेका छन् ।
यस्तो कम्पनीहरु फाइदामा गइरहेका छन्, स्टेटिस्टाको अनुसार सन् २०२० मा अनलाइन डेटिङ मार्केटको आम्दानि छ करोड ३० लाख अमेरिकी डलर रहेको छ । औसतमा एक प्रयोगकर्ताबाट यो बजारले करिब दुई सय रुपैया कमाईरहेको छ । स्टेटिस्टाको प्रतिवेदनको अनुसार आउँदो चार वर्ष यस मार्केटको आम्दनी बर्षेनी ५।२ प्रतिशतको दरले बढ्नेछ । जसले गर्दा सन् २०२४ सम्म यो बजार सात करोड ७७ लाख अमरीकी डलरको हुनेछ ।
टिन्डरकी तरु कपूर भन्छिन्ए 'सियामा भारत, टिन्डरको सबै भन्दा ठुलो बजार हो ।' उनि भन्छिन्भा तमा अहिले १८ देखि ३० वर्ष सम्मका १० करोड मानिस छन् र सबै एकल छन् साथै सबैसंग स्मार्टफोन् छ , यो क्रम बढ्नेछ किनकी हरेक वर्ष यस उमेर समुहमा थप हुँदै जानेछ।'
समलैंगिकको लागि डेटिङ एप
इनाया बाइसेक्सुअल हुन् मतलब उनि महिला र पुरुष दुवैसंग मानसिक र शारीरिक रुपले आकर्षित हुन्छिन् । उनी भन्छिन्, 'टिन्डरमा जब म आफ्नो प्रोफाइल बनाउँदै थिए, तब त्यसमा विकल्प थियो(पुरुषको प्रोफाइल वा महिलाको प्रोफाइल वा दुवैको हेर्न मन छ रु र त्यसमा मैले दुवै लेखिएको विकल्प छनोट गरें।'
टिन्डरमा आफ्नो सेक्शुएल ओरिएन्टेशन पनि भन्न मिल्छ । त्यसमा यसको लागि थुप्रै विकल्प हुन्छ । जस्तै ( स्ट्रेट, गे, लेस्बियन, बाइसेक्सुअल, एसेक्सुअल, डेमीसेक्सुअल, पेनसेक्सुअल, क्वीर, बाई(क्यूरियस, एरोमेटिक । इनायालाई एउटा महिला मन पनि परेको छ दुवै जना कुराकानी गर्छन् र बाहिर भेट्ने सोच बनाइरहेका छन् । समलैंगिकको लागि विशेष रुपमा छुट्टै डेटिङ एप पनि छ, जस्तै ग्राइन्डर । यस एपको अनुसार एक सय ९२ देशमा मानिसहरु यसको माध्यमबाट जोडिएका छन् ।
भर्चुअल डेटिङको खतरा
डेटिङ एपमा कतिपय मानसिहरु आफ्नो उमेर, असली तस्विर, पहिचान, कामको बारेमा झुट लेखेर फेक अकाउन्ट बनाएर अरुलाई झुटो बोलिरहेका हुन्छन् । सन् २०१८ फेब्रुअरीमा प्रिया सेठ नाम गरेकी महिला र दुष्यन्त शर्मा नामको पुरुषले तय गरेको टिन्डर डेट अपराधमा परिवर्तन भयो । शर्माको मृत्यु भयो र सेठलाई जेल जान पर्यो, दुवैले एक अर्कालाई झुट बोलेका थिए ।
केटाले आफु धनी भएको झुट बोलेको रहेछ र केटीले डेटको बाहानामा उसलाई आफ्नो फ्ल्याटमा बोलाइन् र आफ्नो प्रेमीसंग मिलेर उसको अपहरण गरे र धेरै फिरौती रकमको माग गरे तर शर्माले झुट बोलेका थिए र उनको परिवारले उक्त रकम दिन सकेन । प्रियाले आफ्नो प्रेमीसंग मिलेर उसको हत्या गरिदिईन् ।
तरु कपूर भन्छिन्, 'प्रयोगकर्ताको सुरक्षासबै भन्दा महत्वपुर्ण हुन्छ, २४औँ घण्टा हाम्रो एक मोडरेशन टिम सक्रिय रहन्छ यदि प्रयोगकर्तालाई केहि गलत लाग्छ भने इमेज वा च्याट टिमलाई तुरुन्त उजुरी दिन वा टिमलाई इमेल, वेबसाइट वा एपको माध्यमबाट उजुरी दिन सक्छन् ।'
तर कतिपय मानिसलाई यी डेटिङ एपको प्रयोगबाट राम्रो मानिस पनि मिलेको छ । श्रेयस २८ वर्षको भए उनि एक सिरियस रिलेशनको बारेमा सोचिरहेका छन् उनि भन्छन्, 'मैले एपबाट थुप्रै साथीहरु भेटे, महिलाहरुसंग डेट पनि गए र यस्तो महिला पनि भेटे जसको बारेमा मा गम्भीर भएर सोच्दै छु ।'
स्वास्थ्यमा नकारात्मक प्रभाव
रिलेशनशिप एक्सपर्ट निशा खन्ना भन्छिन्, 'शर्ट टर्म रिलेशन मानसिक स्वास्थ्यमा खराब असर पार्न सक्छ, विशेषगरी हरेक छ महिनामा मानिस एक पटक एन्जाइटीको सिकार भएको हुन्छ । एन्जाइटीको एउटा कारण खराब स्तरको कुराकानी, डेट्स र व्यक्तिगत सम्बन्ध पनि रहेको छ, यसले गर्दा मानिसमा चिन्ता बढ्ने र मनमा शंका उत्पन्न गर्ने हुन्छ ।'
निशा भन्छिन्, 'कतिपय मानिसको विवाह घर परिवारको जवर्जस्ती वा उनीहरुको इच्छामा भएको हुन्छ, यस्तो समयमा डेटिङ्ग एप निकै फाइदाजनक हुन्छ ।'
बीबीसी हिन्दी