‘समाचार लेखेकै आधारमा न्यायाधीशको अवहेलना हुँदैन’

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ४६


काठमाडौं ।  समाचार र सम्पादकीय लेखेकै आधारमा प्रेसले न्यायलय र न्यायाधीशको अवहेलना भएको निष्कर्षमा पुग्न नसकिने सर्वोच्चले बताएकाे छ । २०७३ सालमा भएको एक फैसलाको पूर्णपाठमा सर्वोच्चले पूर्ण प्रेस स्वतन्त्रता भएपनि संविधानले प्रेसलाई केही सिमाहरु दिएकाले त्यसभित्र रहेर गरिएको टिपप्णीलाई न्यायलयले पनि स्वीकार गर्नुपर्ने बताएकाे छ ।

अदालतको आदेश, फैसला र काम कारबाही जनताले जान्न पाउनुपर्ने र त्यसको सूचना सम्प्रेषण गर्ने अधिकार सञ्चारमाध्यमको भएकाले यसले गरेका कामहरुको आधारमा अवहेलना ठहर गर्न निश्चित र उसले योजनावद्ध रुपमा गरेको हुनुपर्ने सर्वोच्चले व्याख्या गरेको छ ।

अदालतको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्