ऋषी पञ्चमी र स्वास्थानीका पानाहरु च्यात्न नेकपाकी सांसदको माग

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ३४


काठमाडाैं । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै स्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले माग गर्नुभएकाे छ । उहाँले महिलाले ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वास्थानी च्यात्न माग गर्नुभयाे। गृहमन्त्रालयले छाउगोठ भत्काउने काम स्वागत योग्य भएको बताउँदै उहाँले मान्छेका मनमा रहेको छाउ प्रथा पनि हटाउनुपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे ‘के गाँउ के शहर सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त खाँचो छ, छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस्, छाउ जस्ता संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’


प्रतिक्रिया दिनुहोस्