काठमाडाैं । प्याज एक यस्तो सब्जी हो जसलाई सलाद र मसलाको रुपमा पनि प्रयोग गर्ने गरिन्छ। यसका अलावा प्याज रोगप्रतिरोधी क्षमता बढाउन तथा तौल घटाउनका लागि पनि फाइदाजनक छ। प्याजले मुटु स्वस्थ राख्न मदत गर्छ।
यसमा पाइने सल्फर कम्पाउन्ड्स जसले ब्लड कोलेस्टोरेलको मात्रालाई कम गर्न मदत गर्छ। यसमा एन्टी अक्सिडेन्ट पनि पाइन्छ। जसले अक्सिडेटिव स्ट्रेसलाई कम गर्छ। केहि समय अघि गरिएको एक अध्ययनमा प्याजको सेवनले टाइप २ र टाइप १ दुवै प्रकारका मधुमेहका लागि फाइदाजनक हुने बताईएको छ।
यसको सेवनले ब्लड ग्लुकोजको मात्रा कम रहने र मधुमे नियन्त्रणमा राख्न मदत पुग्छ। प्याजको सेवनले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ। यसमा पाइने भिटामिन सी ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। साथै यसले त्वचा सम्बन्धी समस्याबाट पनि छुटकारा दिन्छ। प्याज एन्टी अक्सिडेन्ट राम्रो स्रोत भएकाले यसको सेवनले अनुहारमा चमक ल्याउने, चाउरिपनाबाट बचाउने आदि काममा सहयोग पुर्याउछ।