काठमाडाैं । यदि तपाई कतै जाँदै हुनुहुन्छ र बिरालोले तपाईको बाटो काट्यो भने तपाई एकछिन त अवश्य नै अडिनुहुन्छ। तर यदि बिरालोले तपाईको बाटो काटेको समय तपाईको दायाँबाट बायाँपट्टि गएको छ भने त्यसलाई शुभ मान्न सकिन्छ यसको अर्थ तपाई जुन कामका लागि घरबाट निस्कनु भएको हो त्यस काममा तपाईले सफलता अवश्य नै पाउनुहुनेछ।
बिरालोले बाटो काटेको त्यतिबेला अशुभ हुन्छ जब कालो बिरालोले बाटो काट्छ।अन्य रंगका बिरालाले बाटो काट्नुले अशुभ संकेत दिंदैन। शास्त्रका अनुसार दिवालीको दिन यदि तपाइको घरमा बिरालो आएको खण्डमा त्यसलाई शुभ मानिन्छ। मान्यता अनुसार बिरालोले घरको सुख शान्तिको संदेश पनि प्रवाह गर्दछ। बिरालोले यदि तपाईको घरमा बच्चालाई जन्म दियो भने त्यसलाई शुभ मानिन्छ। बिरालो र उसको बच्चालाई हरेक दिन दुध पिलाउनाले घरमा सुख, समृद्धि छुने मान्यता रहेको छ।
त्यस्तै यदि बाटोमा हिंडिरहेको बेला बिरालोले आफ्नो मुखमा च्यापेर केहि चिज लैजाँदै छ भने त्यसलाई शास्त्रमा शुभ मानिन्छ। ज्योतिषशास्त्रमा बिरालोलाई राहुको बाहन भनिन्छ । जसको कुण्डलीमा राहुले शूभ गर्दैन उनीहरूलाई राहुको प्रभावबाट बच्नका लागी बिरालो पाल्नु पर्छ । यदी तपाई सुतिरहेको बेलामा बिरालोले चाटेमा तपाइ सरकारी काममा फस्ने सम्भावना रहन्छ । यस्तै, यदी तपाईको खुट्टा बिरालोले चाटे तपाई भविष्यमा बिरामी हुने सम्भावना रहन्छ । बिरालो यदी माथीबाट हिडे पनि केही समस्यामा पर्न सक्ने सम्भावना रहन्छ ।