राष्ट्रिय अनुसन्धान विभागः दुई सय ३२ जना कर्मचारी माग गर्दा ४९ हजार आवेदन

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : ४२


काठमाडाैं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले दुई सय ३२ जना कर्मचारी माग गर्दा करिब ४९ हजार आवेदन परेको छ । गत १८ पुसमा विभागले दुई सय ३२ जना सहायक सूचकको भर्नाको सूचना निकालेको हो । आइतबार आवेदनको म्याद सकिएकोमा दुई सय ११ गुणा धेरै आवेदन परेको हो ।

पहिलोपटक सहायक सूचक पदमा लोकसेवा आयोगमार्फत भर्ना सुरु गरिएको छ । यसअघि असइसरहको अनुसन्धान सहायक र इन्सपेक्टरसरहको अनुसन्धान अधिकृत पदमा मात्र आयोगमार्फत भर्ना लिने गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्