बलिउडमा डेब्यु गर्दै नेपाली अभिनेत्री रिस्ता बस्नेत

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : ५६


काठमाडौँ । नेपाली अभिनेत्री रिस्ता बस्नेत बलिउडमा डेब्यु गर्ने भएकी छन्। 

उनी भारतकी चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा अनुबन्धित भएकी हुन्। 

उनले फेसबुकमा स्टाट्स लेख्दै बलिउड म्युजिक भिडियोमा आफूले अवसर पाएको जानकारी दिएकी हुन्। साथै उनले नेहा कक्कडको गीतमा काम गर्ने मौका जुरेको भन्दै खुसी पनि व्यक्त गरेकी छिन्। 

रिस्ताले उक्त गीतमा टिकटकबाट चर्चित मन्जुल कट्टरसँग रोमान्स गर्नेछिन्। पुनित अवस्थीले संगीत भरेको गीतको भिडियोलाई नेपाली कोरियोग्राफर कमल राइले निर्देशन गर्दैछन्। भिडियोमा पुरुषोत्तम प्रधानको छायाँकन तथा बिपिन मल्लको सम्पादन रहने छ। 


प्रतिक्रिया दिनुहोस्