आज कांग्रेसले संसद अवरोध नगर्ने

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : १५


काठमाडौँ । नेपाली कांग्रेसले आज प्रतिनिधि सभा बैठक अवरोध नगर्ने भएको छ। 

प्रतिनिधि सभा बैठकअघि बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदिय दलको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको हो। 

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफ्ना पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि असन्तुष्ट कांग्रेस संसद् चल्न दिएको थिएन्। प्रतिनिधिसभा बैठक अब केही बेलमा बस्दैछ।


प्रतिक्रिया दिनुहोस्