काठमाडाैं । रौतहटको दुर्गाभगवती गाउँपालिका-३मा एक वृद्वको हत्या भएको छ । पर्सा गाउँका सोमबार राति ७० वर्षीय फेकन पण्डितको हत्या भएको प्रहरीले जनाएको छ । खाना खाएर सुतेका पण्डित बिहान मृत फेला परेका थिए ।
पण्डिलाई वस्तुले प्रहार गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।