अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४ मा भारत आउँदै

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : ५६


काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४ मा भारत भ्रमणमा आउने भएका छन्। ट्रम्पले २४ र २५ तारिखसम्म भारतको भ्रमण गर्ने कार्यतालिका तय भएको अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। ट्रम्पसँगै उनकी श्रीमती मलेनिया ट्रम्प पनि भारत आउने छन्।

भ्रमण गर्ने विषयमा ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा वार्ता समेत भएको अमेरिकाले जनाएको छ। भारत भ्रमणका क्रममा ट्रम्प र मोदीले हवाई क्षेत्रको विषयमा महत्वपूर्ण सम्झौता गर्नेछन्। ट्रम्प र मोदीबीच लामो समयदेखि रोकिएको द्विपक्षिय व्यापार सम्झौतामा हस्ताक्षर पनि हुनेछ। गतवर्ष व्यापार विवादका कारण ट्रम्पले भारत भ्रमणको निम्तो अस्वीकार गरेका थिए।


प्रतिक्रिया दिनुहोस्