दिल्ली । भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना अहिले जारी छ।
अहिलेसम्मको मतपरिणामलाई हेर्दा सत्तारूढ आम आदमी पार्टी (आप) ले अग्रता लिइरहेको छ भने त्यसको पछिपछि समाजवादी पार्टी देखिएको छ।
पछिल्लो मत परिणाम अनुसार आम आदमी पार्टीले ५६ सिटमा अग्रता लिदा समाजवादी पार्टीले १४ सिटमा मात्रै लिड गरेको छ। अहिलेसम्मको मत परिणामलाई हेर्दा आपले ठूलो जित हासिल गर्ने देखिएको छ।
यस मत परिणामले भारतको केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) लाई ठूलो धक्का दिने देखाएको छ। उक्त क्षेत्रीय दलले शक्तिमा रहँदा शिक्षा र विकासमा दिएको ध्यानको निकै प्रशंसा हुनेगरेको छ। भाजपाले त्यहाँ आफ्नो सङ्घीय गृहमन्त्रीको नेतृत्वमा निकै चर्को निर्वाचन अभियान सञ्चालन गरेको थियो।