काठमाडौँ । विश्वकै सबैभन्दा धनी बिल गेट्सले अर्डर दिएको सुपर पानीजहाजको अहिले चर्चा रहेको छ । ६४ बर्षिय माइक्रोसफ्टका को-फाउन्डर गेट्सले लिक्विड हाइड्रोजनले चल्ने पानीजाहाज किन्ने भएका छन् । यस पानीजहाजको मुल्य करिब ७४ अर्ब नेपाली रुपैयाँ रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
गेट्सले बिदा मनाउन किनेको यो सुपर पानीजहाजमा ४५ जना सम्म बस्न मिल्ने ठाउ रहेको छ ।यसमा ३१ क्रू-सदस्य र १४ पाहुना बस्न मिल्ने रहेको बताइएको छ । यस जहाजमा एक जिम, एक योगा स्टुडियो, ब्युटी रुम मसाज पार्लर, स्विमिङ पुल बनाइएको छ ।
साथै यस जहाजमा २८ टनका दुई सिल्ड ट्यांक जोडिएको छ । जसले माइनस २५३ डिग्री सेल्सियसको तापमानमा पनि जहाजलाई उर्जा दिन हाइड्रोजन भर्न सकिन्छ । यसअघि गेट्सले यस्तो जहाज छुट्टी बिताउन भाडामा लिने गर्दथे ।उनको यो जहाज २०२४ सम्म तयार हुने बताइएको छ । हाइड्रोजनबाट चल्ने हुनाले यसले केवल पानीको उत्सर्जन गर्ने र इको-फ्रेन्डली हुने भएको छ । साथै जहाजमा जेल फ्ल्युड फायर बल्सको प्रयोग गरिएकाले जहाजमा तातो या चिसो बनाउन कोयला वा दाउराक ओप्रयोग नहुने भएको छ ।
जहाजमा हुने स्विमिङ पुल सिधै समुन्द्रसंग जोडिने भएको छ भने १४ जनाको मनोरन्जनका लागि होम सिनेमा समेत बनाइने भएको छ । यो जहाज गत सेप्टेम्बरमा हर्क्युलसमा चलेको जहाज शोमा प्रदर्शन गरिएको थियो । यो जाहजले एक पटकमा ६४३७ किलोमिटरको यात्रा तय गर्न सक्ने छ ।
अर्थात यो जहाज एकपटकमा न्युयोर्कबाट साउथहम्पटनसम्मको यात्रा पुरा गर्न सक्ने बताइएको छ । यसको गति भने ३२ किलोमिटर प्रतिघण्टा रहने बताइएको छ । यस जहाजमा चार गेष्ट रुम, दुई भिआइपी रुम, एक पेवेलियन बनाइएको छ । साथै बुलबुले आकारमा बनाइएको अगाडीको हिस्साबाट ३६० डिग्री भ्यु देखिने बताइएको छ ।