दोस्रो विवाह गरिन् भारतीय यी अभिनेत्रीले, इन्गेजमेन्टदेखि विवाहसम्मका तस्वीर भाइरल

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ५ : ३४


एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री काम्या पंजाबीले दोस्रो विवाह गरेकी छिन्। 

उनको इन्गेजमेन्टदेखि विवाहसम्मका विभिन्न तस्वीर यतिबेला भाइरल बनेका छन्। केही दिनअघि उनले आफ्ना प्रेमी शलभ डांगसँग इन्गेजमेन्ट गरेको तस्वीर बाहिरीएका थिए। 

यसै क्रममा उनका हल्दी सेरेमनी र मेहंदीका तस्वीर पनि सार्वजनिक थिए। यसै क्रममा उनका विवाहका तस्वीर पनि सार्वजनिक भइरसकेका छन्। तस्वीरमा काम्या निकै खुसी देखिएकी छिन्। 

उनले सोमबार अर्थात १० फेब्रअरीमा आफ्ना प्रेम शलभसँग विवाह गरेकी हुन्। काम्याका फ्यानले यो जोडीलाई निकै रुचाएका छन्।  

काम्याको यो दोस्रो विवाह हो। यसअघि उनले व्यापारी बंटी नेगीसँग विवाह गरेकी थिइन्। तर यो सम्बन्ध १० वर्षमात्रै टिक्यो। त्यसपछि सन् २०१३ मा काम्याले बंटीसँग सम्बन्ध विच्छेद गरिन्। पहिलो विवाहबाट काम्याको एक छोरी पनि छिन्। 


प्रतिक्रिया दिनुहोस्