गायक रियालिटी शो इण्डियन आइडल सधै चर्चामा रहने गर्दछ। यस पटक शो मा आदित्य नाराणय र नेहा कक्कडको सम्बन्धका बारेमा चर्चा भयो।
दुबैले १४ फेब्रुअरी अर्थात भ्यालेनटाइनडेमा विवाह गर्ने खबर सार्वजनिक भएको थियो। सानी टिभीले नै नेहा र आदित्यको एउटा रोमान्टिक भिडियो सार्वजनिक गर्दै क्याप्सनमा उनीहरुको विवाह हुने भन्दै मिति सार्वजनिक गरेको थियो।
शो को टिआरपी बढाउनका लागि यो सबै गरेको आरोप लागेको थियो। अब यस्तै उदाहरण देखिएको छ। किनकी आदित्यका पिता उदित नारायणले अझै फैसलामा केही रोक्नका लागि भनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
एक अन्तरवार्तामा उनले भनेका छन्, आदित्य हाम्रो एक्लो छोरा हो। हामीले उसको विवाहको तयारी गरिरहेका छौँ। यदी विवाहको अफवाह सत्य भए, हामी दुनियाकै खुसी आमाबाबु हुनेछौँ। तर आदित्यले यस बारेमा अहिलेसम्म कुनै पनि कुरा बताएको छैन्।
उनले भने, मलाई लाग्छ की नेहा र आदित्यको विवाहको अफवाह टिआरपीका लागि फैलाइएको हो। जहाँ नेहा जज हुन् भने मेरो छोरा प्रस्तोता हुन्।