एजेन्सी । गत जनवरीमा इराकमा रहेको अमेरिकी सैन्य बेस क्याम्पमा इरानले गरेको मिसाइल हमलामा १ सय ९ अमेरिकी सैनिक घाइते भएको खुलासा भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा सो हमलामा कोही पनि अमेरिकी सैनिक घाइते नभएको भताएपछि थिए। तर अमेरिकी अधिकारीहरुले ट्रम्पले झुट बोलेको स्वीकार गर्दै १ सय ९ मिसाइल हमलामा परेर १ सय ९ सैनिक घाइते भएको खुलासा गरेका हुन्।
केही समयअघि पेन्टागनले उक्त हवाइ हमलामा ६४ जना घाइते भएको बताएको थियो। अहिले आएर सो हमलामा घाइते हुनेको संख्या १ सय ९ रहेको खुलासा भएको हो।
अमेरिकाले इरानी सैन्य कमान्डरको हत्याको बदला लिन भन्दै जनवरी ८ मा इराकमा रहेका दुई अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण भएको थियो।
अमेरिकी अधिकारीहरुका अनुसार सो हमलामा १ सय ९ जना सैनिक ट्रमाटिक ब्रेन इन्जुरी (टीबीआई) का शिकार बनेका हुन्।