कोरोना भाइरसबाट एकै दिन १०८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या हजार नाघ्यो

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  २ : ३२


काठमाडौँ । चीनमा तिब्र रुपमा फैलिएको कारोना भाइरसबाट ज्यान गुमाउनेको संख्या  एक हजार नाघेको छ। 

सोमबार मात्रै चीनमा एक सय ८ जनाले ज्यान गुमाएको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उक्त संख्यासँगै अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक हजार १६ पुगेको छ। 

सोमबार मात्रै २ हजार ४ सय ६७ जना नयाँ संक्रमित फेला परेको चाइना डेलीले जनाएको छ। रिर्पोटका अनुसार मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको छ।

चीन बाहेक फिलिपिन्स र हङकङमा कोरोना भाइरसबाट एक, एक जनाले ज्यान गुमाएका छन् भने चीनमा एक अमेरिकी र एक जाप्निज नागरिककको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्