रसुवागढी नाकामा निर्माणाधीन सुख्खा बन्दरगाहमा कामदारको अभाव

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १ : २९


काठमाडौँ । कोरोना भाइरसका कारण रसुवागढी नाकामा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणमा कामदारको अभाव देखिएको छ । यही मङ्सिरदेखि निर्माण सुरु भए पनि कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको एक सय नौ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरी सकिएको छ। 

चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको छ।

त्यहाँ कार्यरत २४ चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन गएका थिए। अहिले नौ जना कामदार छन्। चीनमा फैलिएको कोरोना भाइरसका कारण उनी निर्माणस्थलमा आउन नपाएका हुन्। आजको गोरखापत्र दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्