ज्ञवाली नयाँ आईजीपी ?

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १ : १२


काठमाडौँ । सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवालीलाई नयाँ महानिरीक्षक (आईजीपी) बनाउने भएको छ।

मंगलवार बस्ने मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नै आईजीपी बनाउने गरी तयारी थालेको स्रोतले जानकारी दिएको छ।

उहाँ आईजीपी भए पाँच महिना सो पदमा रहनेछन्।

आईजीपी सर्वेन्द्र खनालले मंगलबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउँदै हुनुहुन्छ। खनालले अवकाश पाउन लाग्दा अन्य कनिष्ठ डीआईजी पनि आईजीपी बन्न  शक्तिकेन्द्रमा धाइरहेका छन्। राजधानी राजधानी दैनिकमा खबर छ।


प्रतिक्रिया दिनुहोस्