विमानस्थलको कफी सपमा आगेको आगो नियन्त्रणमा

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ४ : ३०


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कफी सपमा भएको आगलागी नियन्त्रणमा आएको छ। विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ।

विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलमा रहेको विश्राममा रहेको कफी सपमा आगलागी भएको र दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । आगलागी नियन्त्रणमा आएको र सबै यात्रु सकुशल रहेको उहाँले बताउनुभयो। 

विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सेवा अझै आधा घण्टासम्म बन्द रहनेछ । नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, विमानस्थलस्थित सुरक्षाका अधिकारीसँग छलफल गरेर छिट्टै विमानस्थल सञ्चालन गरिने महाप्रबन्धक केसीको भनाइ छ । विद्युत् सट भएर आगलागी भएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्