त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ३ : २५


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ। विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय टर्मिनलको कफी सफमा आगलागी भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार टर्मिनलको यात्रु प्रतिक्षालयमा रहेको उक्त कफी सपमा आगलागी भएको हो। आगलागी के कारणले भयो भन्ने बारे कुनै जानकारी नभएको काठमाडौँ प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो,  'टर्मिनलको यात्रु प्रतिक्षालयमा रहेको कफी सपमा आगलागी भएको हो। अहिले आगो निभाउने प्रयास जारी छ।'


प्रतिक्रिया दिनुहोस्