नेकपाले फागुन १ गते शहीदको स्मृतिमा सभा गर्ने

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ३ : ३२


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन १ गते शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा देशभरी गर्नेभएको छ। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा गरिने जानकारी दिनुभयो। 

उहाँका अनुसार ७७ वटै जिल्ला कमिटीलाई रचनात्मक तरिकाले मनाउन निर्देशन दिइएको छ। 

काठमाडौँमा पार्टी मुख्यालय धुम्वाराहीमा गरिने सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम छ। पार्टी एकतापछि नेकपाले गत वर्ष पनि शहीदको सम्झनामा श्रद्धाञ्जलिसभा गरेको थियो। 


प्रतिक्रिया दिनुहोस्