कोरोना भाइरसका नियन्त्रणका लागि चालिस लाख सामुदायिक कार्यकर्ता परिचालित

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १ : ४९


कोरोना भाइरसका नियन्त्रणका लागि चालिस हजार सामुदायिक कार्यकर्तालाई अग्रपङ्क्तिमा परिचालन गरिएको छ । चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरुले सोमबार जानकारी दिएका हुन्।

नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन्। पत्रकार सम्मेलनमा उहाँले रहेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको पनि जानकारी दिनुभयो। 

उनीहरुलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा लाग्नु पर्ने मुख्य जिम्मेवारी दिइएको छ । चेनका अनुसार उनीहरुले धेरै कडा मेहनेत गरेर काम गरिरहेका छन्।  गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट ९०८ व्यक्तिको मृत्यु भएको छ भने ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन्। 

भाइरसको सुरुआत भएको प्रमुख स्थानको रूपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट दुई हजार ६१८ जना सङ्क्रमित भएका अधिकारीहरुले जनाएका छन् । आइतबार एकै दिनमा ९१ व्यक्तिको मृत्यु भएको उनीहरुको भनाई छ। हुबेई प्रान्तका दुई हजार ६१८ जना सङ्क्रमितहरूमा एक हजार ९२१ जना हुबेइ प्रान्तको प्रान्तीय राजधानी अर्थात कोरोना भाइरसबाट अत्यन्त प्रभावित स्थान उहानमा मात्र रहेका छन् । आइतबार एकै दिनमा ज्यान गुमाउनेमा पनि ७३ जना उहानका नै रहेका जनाइएको छ।

हुबेई प्रान्तमा आइतबार मात्र २९ हजार ६३१ जनामा कोरोना भाइरस सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। हुबेई प्रान्तको प्रान्तीय राजधानी उहानबाट शुरु भएको यस भाइरसका कारण सो प्रान्तमा मात्र ८७१ व्यक्तिको मृत्यु भएको जनाइएको छ । सङ्क्रमित रहेका २९ हजार ६३१ जनामा ५ हजार ५०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। 

प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ। विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ । विभागले ३४५ जनाको रगतको नमुना परीक्षण गर्दा ३२६ जनामा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको बताएको छ  विज्ञप्तिमा चीनबाट फर्किएका व्यक्तिहरूलाई १८ दिनसम्म घरबाहिर हिँड्डुल नगर्न सल्लाह दिइएको र त्यसपछि नजिकको स्वास्थ्य केन्द्रमा जचाउन भनिएको उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस्