कोरोनाका बिरामीको सेवामा रोबोटको प्रयोग

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १ : २२


बेइजिङ । चीनले कोरोना भाइरस विरुद्धको लडाइमा प्रविधिको भरपुर मात्रामा प्रयोग गरेको छ।

देशमा कोरोनाको सङ्क्रमण भेटिएपछि १० दिन भित्रै नयाँ अस्पताल बनाएको चीनले अस्पतालहरूमा रोबोटको प्रयोग समेत गरेको छ।

सामान ओहोरदोहोर गर्न तथा सडकहरूमा मानिसलाई सचेत बनाउन ड्रोन, रोबोट लगायतका प्रविधि प्रयोग गरिएको छ।

भाइरससँग जुधिरहेको चीनले सम्पूर्ण शक्ति परिचालन गर्दै 'जनयुद्ध'कै घोषणा गरेको छ।

घातक उक्त भाइरसका कारण हालसम्म ९ सय १० जनाको ज्यान गइसकेको छ भने ३५ हजार बढि मानिस बिरामी प्रयोग गरेका छन्।   

 


प्रतिक्रिया दिनुहोस्