श्रीमतीलाई मारेको आरोपमा श्रीमान् पक्राऊ

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ३९


रुकुम । आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको आरोपमा रुकुम पूर्वका एक वृद्ध पक्राऊ परेका छन्।

६० वर्षीया दिलमाया पुनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भूमे गाउँपालिका-३ सीमाका ७५ वर्षीय नरबहादुर पुन सोमबार पक्राऊ परेका हुन्।

आइतबार दिउँसो पुनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।

घटना भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय काँक्रीबाट खटिएको प्रहरीले पुनलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो। 

कुटपिटबाट गम्भीर घाइते भएकी दिलमायाको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताउनुभयो।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी बज्राचार्यले जानकारी दिनुभयो। मृतकको पोष्टर्माटम सोमबार जिल्ला अस्पताल रुकुमकोटमा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्