नवीन अभिलाषी
दाङ । गजलकार पुनम थापा पहिलो पटक स्टेजमा पुगेर गजल वाचन गर्दै हुनुहुन्थ्यो। गजलका शेरहरु वाचन हुँदै गर्दा बाहिर पानी प¥यो। दाङ घोराहीमाथिको आकाश गड्याङगुडुङ ग¥यो। तर कार्यक्रम रोकिएन।
उदाहरण समूह, नेपालले आयोजना गरेको जश्न ए काव्य शीर्षकको कार्यक्रममा गजलकार पुनम थापा र कवि हेमन यात्रीले आफ्ना रचनाहरु बाचन गर्नुभयो। बदलिएको मौसमसँगै कवि र गजलकारका रसपान गर्न युवाहरु पुस्ताको उल्लेख्य उपस्थिति थियो।
चितासम्म पु¥याइदिन्छ मानिसलाई रहरले पनि।
दुखेको दिलमा प्रहार गरिदिन्छ यो शहरले पनि।।
तपाईं जवानीको प्यास मेट्ने कुरा गर्नुहुन्छ साहेब।
छेउकै समुन्द्रबाट तिर्खा मेट्न सक्दैन बगरले पनि।।
एक दशक पहिलेदेखि रचनाको क्षेत्रमा लागेको बताउँदै गजलकार पुनम थापाले अहिले पनि आफु सिक्ने अवस्थामा पुगेको बताउनु भयो। जीवनमा महत्वपूर्ण घटनाहरुलाई रचनामा उल्लेख गर्ने बानी परेको उहाँले कार्यक्रममा बताउनु भयो।
एफएम रेडियोको समयसँगै हुर्किदै जाँदा लेखनमा बानी परेकी उहाँले कार्यक्रममा सुन्दर ८ बढी गजलहरु वाचन गर्नुभएको थियो।
यस्तै कार्यक्रमका लागि पूर्व इटहरीबाट दाङ आउनुभएका कवि हेमन यात्रीले आफ्नो कविताप्रतिको चेत, अनुशासन र सिद्धान्तका बारेमा सुनाउनु भयो।
बिस्तारै फिर्नेछौ घरभित्र
उक्लनेछौ घरको तालामाथि
खोल्नेछौ ध्वाँसो लागेको टिनको बाकस
निकाल्नेछौ पुरानो डायरीमा च्यापेर राखेका प्रेमपत्रहरू
हेर्नेछौ बिहेकै साल खिचेका युगल तस्बिर
र बिस्तारै छाम्नेछौ
छातीको देबे्र पाटामा दुःखेको
सिर्फ एउटा मानिसको सम्झना
फेरि एक्लै शीर्षकको कविता वाचन गर्दै कवि हेमन यात्रीले उमेर, बैंस र प्रेमका कुरा गर्नुभयो। उहाँले कवितामा आमाको सन्दर्भ जोड्दै आमाको गीत शीर्षकको कवितासमेत वाचन गर्नुभयो।
पश्चिम नेपाल युद्धको समयमा धेरै चोटहरुले दुखेको भुगोलको बारेमा चर्चा गर्दै हेमन यात्रीले बेपत्ताको आत्मकथा शीर्षकको कविता सुनाउँदा कार्यक्रम हलमा सन्नाटा छाएको थियो।
अत्यन्तै मार्मिक कथावस्तुमा निर्माण गरिएको त्यो कविता युद्धमा बेपत्ता भएको ब्यक्तिको मृत्यु भइसकेको र घरपरिवारले अन्तिम संस्कार नगर्दाको घटना उल्लेख गरिएको थियो।
उदाहरण समूह, नेपालका अभियन्ता तिर्थराज चौधरीले संयोजन गरेको कार्यक्रमको सहजीकरण गर्दै अर्को अभियन्ता नवीन श्रेष्ठले साहित्य, संगीत र कलाको क्षेत्रमा पाँच वर्ष भन्दा लामो समयदेखि काम गर्दै आएको बताउनुभयो ।
जश्न ए काव्य कार्यक्रममा गजल र कविता वाचन हुने गरेको भन्दै उहाँले उक्त कार्यक्रमलाई जिल्ला र जिल्ला बाहिरका श्रष्टाहरुको संगम बनाउन खोजेको बताउनु भयो।