खेम भण्डारी भन्छन्- ‘आइजीपी खनालले जाँदाजाँदै असली रूप देखाए’

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ०७


काठमाडौँ । निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणमा नेपाल प्रहरीले आफ्नै एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरिदिएको छ।

प्रहरी प्रधान कार्यालयले उक्त प्रतिवेदन खारेज गर्दै पछिल्लो समय गठित डीआईजी सुरज केसीको पुनरावलोकन समितिको प्रतिवेदन स्वीकार गरेको छ।

बस्न्यात नेतृत्वको प्रतिवेदनकै आधारमा तत्कालीन समयमा प्रहरी सङ्गठनले केही प्रहरी अधिकारीहरूलाई बर्खास्त तथा केहीलाई निलम्बन समेत गरेको थियो।

तर, प्रहरीले पछिल्लो समय स्वीकार गरेको प्रतिवेदनमा भने दिलीपसिंह बिष्ट नै मुख्य अभियुक्त रहेको देखाइएको छ।

पछिल्लो प्रतिवेदन स्वीकार गर्दै प्रहरी हेडक्वार्टरले बिप्टमाथि थप अनुसन्धान गर्न कञ्चनपुर प्रहरीलाई निर्देशन दिएका खबर सार्वजनिक भएका छन्।

निर्मला हत्याकाण्ड भएको लामो समय भइसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भनेर प्रहरीको आलोचना हुँदै आएको छ। 

आईजिपी सर्वेन्द्र खनाल अवकाश प्राप्त गर्न एक दिन अगाडिमात्रै प्रहरीको यस्तो निर्णय बाहिरिएको हो।

प्रहरीको टाउको दुखाएको यो घटनाको टुङ्गो जसरी पनि आफ्नै कार्यकाल भरि लगाइ छाड्नै आईजिपी खनालले बताउँदै आएका थिए।

धिरु बस्न्यात नेतृत्वको छानबिन समिति तथा पछिल्लो डीआईजी सुरज केसी नेतृत्वको छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएका छैनन् तर पनि खनाल बिदा हुने अघिल्लो दिन प्रहरीको निर्णय बाहिरिनुमा शङ्का गर्ने ठाँउ भने पैदा भएका छन्।

के चर्चा कमाउन र आलोचनाकै डरले खनालले यस्तो निर्णय गरेका हुन त ? आगामी परिणामहरूको त्यस कुराको पुस्टि गर्दै जाने छ।

लामो समयसम्म प्रहरीले दोषी पत्ता लगाउन नसकेपछि मानिसहरूले दिलिप विष्ट माथि नै शङ्का गर्दै आएका छन्।

निर्मला हत्याकाण्ड बारे निरन्तर लेखिरहेका पत्रकार खेम भण्डारी भने आईजिपी खनालले 'भ्रम' छर्ने निर्णय लिएको बताउँछन्। 

उनको तर्क छ 'दिलिप विष्ट तत्कालिन अवस्थामा फिजिकल प्रमाण नपुगेकै' कारण निर्दोष सावित भएका हुन्।

यद्यपि उक्त प्रकरणमा भण्डारी माथि समेत प्रश्न उठ्ने गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस्