नयाँ आईजिपीको टुंगो लागेन

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १० : १५


काठमाडौं । नेपाल प्रहरीको नयाँ आईजिपी नियुक्त गर्न बसेको मन्त्रिपरिषद बैठकले स्थगित भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ आईजीपीको छनोट गर्ने बताइएको थियो। आईजीपी नियुक्तिका लागि सोमबार सामान्य छलफल भएपनि निर्णय नहुँदा भोलिका लागि फेरि मन्त्रिपरिषद बैठक बोलाइएको छ।

आईजीपी नियुक्तिका लागि मंगलबार बिहान १० बजे मन्त्रिपरिषद बैठक बस्ने छ।

हालका आइजिपी खनालले मंगलबारबाट अवकाश पाउँदैछन्। मन्त्रीपरिषदले ३० बर्षे सेवाअवधि हटाए खनालनै आईजिपी रहनेछन् । नत्र डिआइजी ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल मध्येबाट एक जना नयाँ आईजिपी नियुक्त हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्