नेप्से बढ्याे

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १० : ०९


काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।  आज नेप्से ४.२८ अङ्कले बढेर १ हजार ३२४.२६ मा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ०.५७ अंकले बढेर २ सय ८१ दशमलव ६२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

कूल १७५ कम्पनीको २३ लाख ६० हजार ५८४ कित्ता शेयर रु ९३ करोड २० लाख ८६ हजार ५५ मा खरीद बिक्री भए । कारोवारमा आएका १२ वटा समूह मध्ये ८ वटा समूहको शेयर मूल्य बढेको छ भने बाँकी ४ वटा समूहको शेयर मूल्यमा गिरावट आएका छन् ।

उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सबैभन्दा बढी निर्जिवन बिमा समूह ७२.४१ अंक, लघुवित्त समूह २९.८ प्रतिशतले वृद्धि भएको छ । यता जलविद्यूत समूह ५.२१ प्रतिशत, जीवन विमा समूह १.४८ अंकले गिरावट आएको छ ।

कारोबारका आधारमा शिवभ सिमेन्टको शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १३ करोड ६६ लाख २ हजार ४६३ मूल्य बराबरको शेयर खरीद बिक्री भए । यस्तै नागरिक लगानी कोषको ४ करोड २७ लाख ६ हजार ११६ रुपैया, एनआइसी एशिया रु ३ करोड ५५ लाख ७३ हजार ३२६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

सिभिल लघुवित्त ८.१० प्रतिशत, एनएलजी इन्स्योरेन्स कम्पनीको ६.०८ प्रतिशत, रैराङ हाइड्रोपावरले ५.०५ प्रतिशतले कमाए । उता त्यस्तै एभरेष्ट बैंक (Con. Pref.) ७.३६ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्स ६.३९ प्रतिशत, खानीखोला हाइड्रोपावरको ५.१७ प्रतिशतले गुमाए ।


प्रतिक्रिया दिनुहोस्