आईजिपी सर्वेन्द्र खनाल आजबाट बिदा हुँदै

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : ४६


काठमाडौं । नेपाल प्रहरीका आईजिपी सर्वेन्द्र खनाल उमेरहदका कारण आजबाट बिदा हुँदैछन् । ३० बर्षे सेवा अवधिका कारण उनी बिदा हुन लागेका हुन् । 

आजै बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्त गर्ने सम्भावना रहेको छ। नयाँ आईजिपीमा डीआईजी ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल मध्ये एकजना नियुक्त हुने बताइएको छ।

३० बर्षे सेवा अवधिका कारण आजबाट आईजिपी खनालसँगै डीआईजी राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र र हरिभक्त प्रजापतिले अवकाश पाउदैछन्।  

प्रहरी नियमावलीमा सेवाअवधिको ३० पूरा भएमा अनिवार्य अवकाश पाउने प्रावधान छ । नियमावलीको ३० वर्षे सेवाहद हटाउन आइजिपी खनालले प्रयास गरेका थिए । तर, उनको सपना पूरा हुन सकेन । आईजीपी बनिरहने खनालको अन्तिम प्रयास असफल भएको हो ।

खनाल २०४६ सालको माघ २९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्