अचेत अवस्थामा भेटिएकी पूर्वसचिवकी श्रीमतीको मृत्यु

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : २९


काठमाडाैं । अचेत अवस्थामा फेला परेकी सरकारका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको मृत्यु भएको छ । ललितपुरको सानेपास्थित निवासमा मुना कार्की अचेत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो । उनके घरमा काम गर्ने कामदारको शव भेटिएको थियो ।

अचेत अवस्थामा रहेकी मुनालाई स्टार अस्पताल लगिए पनि डाक्रले मृत घोषित गरेको ललितपुर महानगरीय प्रहरी परिसरका सहप्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिनुभयाे । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मुनाको टाउकोमा गम्भीर चोट थियो ।

मृत भेटिएका कामदार विजय चौधरी दाङका हुन् । कार्की घरमा काम गर्ने विजय चौधरीको झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाबारे महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाले अनुसन्धान सुरु गरेको जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्