काठमाडाैं । बैतडीकाे दोगडाकेदार गाउँपालिका–६ सित्तडबाट पेस्तोल १ थान र छर्रा सहित डिलासैनी गाउँपालिका–७ धामीगाउँ घर भएका २६ वर्षीय लोकेन्द्र सिंह धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल तथा छर्रा सहित फेला पारेको हो । साथै उनको साथबाट मोबाइल २ थान, विभिन्न दस्तावेज र आर्थिक सहयोग रसिद समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।