नदिको खोँचमा अडकिएका युवकको उद्धार

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ७ : ०७


कास्की । पोखरामा रहेको सेती नदिको खोँचमा अडकिएका १ जनालाई प्रहरीको उद्दार समूहले सकुशल उद्दार गर्न सफल भएको छ ।

पोखरा महानगरपालिका वडा नं ९ पार्वती टोल स्थित रहेको सेती नदिको खोँचमा आफ्नो कुकुर अडकिए पछि उक्त कुकुरलाई बचाउन लाग्दा सोही स्थान बस्ने वर्ष २३ का आकाश गुरुङ खोचमा खसेका थिए ।

खोचमा खसेका गुरुङलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे पछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्धार समूह र वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा निजको उद्धारको लागि खटिएको थियो ।

प्रहरीले गुरुङलाई उक्त खोचमा अड्किएको देखेपछि खोचबाट सकुशल उद्दार गरिएको हो। उद्दार गरिएका गुरुङको अवस्था समान्य रहेको छ।

 


प्रतिक्रिया दिनुहोस्