काठमाडाैं । चीनमा फैलिएको कोरोना भाइरसको असर विश्वभरी परिरहेको छ । यसमा अमेरिका लगायतका मुलुकले चीनलाई सहयोग गर्ने बताइरहेका छन् । हालसम्म ९०८ को मृत्यु भइकेको छ भने संक्रमण हुने मानिसको संख्या ४० हजार नाघिसकेको छ ।
यसैबीच चीनले आफ्नै २० हजार कोरोनाका बिरामी मार्नका लागि अदालतबाट अनुमती मागेका हल्ला पनि फैलिएको छ । यद्यपि चीन सरकारले यस किसिमको हल्ला खारेज गरेको छ । चीन सरकारले यसलाई झूठको संज्ञा दिँदै यो बिमारीसँग मजबुतीका साथ लड्ने बताएको छ । भारतीयहरुले यस किसिमको लिंक पठाइरहेको तर यो कुनै पनि किसिमबाट सत्य नभएको भारतस्थित चिनियाँ दूतावसले जनाएको छ ।
यो झुठ भएकाले यस किसिमको अफवाह फैलाउन बन्द गर्न चीनको दूतावासले भनेको छ । अमेरिकाले यस किसिमको चपेटामा आएका चीन र अन्य मुलुकलाई यस किसिमको संकटसँग जुझ्नका लागि १० करोड डलर खर्च गर्ने घोषणा गरेको छ । अमेरिकाले विश्वका अन्य देशलाई पनि यो संकटसँग जुझ्नका लागि आग्रह गरेको छ ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले भनेका छन्, ‘हामी बाँकी विश्वलाई पनि आफ्नो प्रतिबद्धता पुरा गर्नका लागि प्रोत्साहित गर्दछौ । यो खतराबाट जुझ्नका लागि हामी ठूलो भूमिका निर्वाहा गर्छौ ।’ अमेरिकी बस्तुको एक खेप वुहान पुगेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले बताएका छन् । भारतले पनि चीन सरकारलाई सहयोगको प्रस्ताव गरेको छ ।