काठमाडौँ । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती सानेपास्थित निवासमा रगतले लतपतिएको अवस्थामा फेला परेकी छन् । उनको घरमा कामदार पनि सानेपास्थित निवासमा मृत फेला परेका छन् ।
कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेकी हुन् । उनको टाउको र अनुहारमा गम्भिर चोटपटक रहेकोले तत्काल उपचारको लागि स्टार हस्पिटल लगिएको महानगरिय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता सन्तोष तामाङले जानकारी दिनुभयाे ।
उनको घरमा कामदारका रुपमा रहेका दाङ घर भएका विजय चौधरीको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।