कोरोना भाइरसको भ्याक्सिन अब इबोला रोगको उपचार खोज्ने वैज्ञानिकले बनाउने

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : २९


एजेन्सी । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइरसको भ्याक्सिन बनाउनका लागि यतिबेला विश्वभरका वैज्ञानिक अनुसन्धानमा जुटेका छन्। 

यसै क्रममा पश्चिमी अफ्रीकाबाट फैलिएको इबोला र सार्सको उपचार खोज्ने वैज्ञानिकले अब कोरोना भाइरसको औषधि बनाउने भएका छन्। उनीहरुले अफ्रिकी देशमा महामारी फैलिएको इबोला र सार्सका लागि औषधि उत्ता लगाएका थिए। 

कोरोना भाइरसका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ९ सय बढी नाघिसकेको छ भने ४० हजार बढी संक्रमित बनेका छन्। सामान्यतया यस भाइरसको भ्याक्सिन बनाउन लामो समय लाग्ने गर्दछ। किनकी यसमा पशुमा परीक्षणको जटिल प्रक्रिया, मानिसमा चिकित्सकीय परीक्षण जस्ता प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ। 

यसका लागि वैज्ञानिकको कयौँ टिम २४ घण्टै अलग अलग स्तरमा भ्याक्सिनको विकास गर्नका लागि जुटेका छन्। जसका लागि एक अन्तर्राष्ट्रिय वैज्ञानिकको टिम कोएलिशन फर एपीडेमिक प्रीपेयर्डनेस इनोवेशंस(सीईपीआई) ले पनि सहयोग गरिरहेको छ। वैज्ञानिकले आगामी ६ महिनाभित्र उक्त भ्याक्सिन तयार गर्ने दाबी गरेका छन्। 


प्रतिक्रिया दिनुहोस्