त्रिभुवन विमानस्थलको गोल्डेन गेट नजिकै जेब्रा झोलाभित्र शिशुको शव भेटियाे

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : २३


काठमाडाैं । त्रिभुवन विमानस्थलमा जेब्रा झोलाभित्र शिशुको शव फेला परेको छ । गोल्डेन गेट नजिकको झाडीमा जेब्रा झोलाभित्र हालेर फालिएको शिशुको शव भेटिएको हो ।

भर्खरै जन्मिएकी बालिका शिशुको शव कसले फालेको भन्ने नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभएकाे छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएकाे छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्