ट्रम्पको हत्या गर्न भन्दै एक व्यक्ति ह्वाइट हाउस छिर्न खोजेपछि….

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ५ : ४४


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न भन्दै ह्वाइट हाउसमा घुस्न खोज्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

२५ वर्षीय रोजर हेजपेथ नामका ती व्यक्तिले आफू राष्ट्रपति ट्रम्पको हत्या गर्न आएको भन्दै ह्वाइट हाउस छिर्न खोजेको थिए। ह्वाइट हाउसबाहिर रहेका अमेरिकी गुप्तचर सेवाका अधिकारीसमक्ष उनले आफू ट्रम्पको हत्या गर्न आएको बताएका थिए। 

वासिङ्टन डिसी नगर प्रहरीले ती व्यक्तिको साथबाट एउटा चक्कु पनि बरामद गरिएको छ।  ती व्यक्तिको मानसिक अवस्था ठीक नभएको पक्राउ गर्ने गुप्तचर विभागका अधिकारीले बताएका छन्। 

उनलाई अहिले मानसिक अस्पताल लगिएको र त्यहाँ उनको मानसिक स्वास्थ्य अवस्थाको परीक्षण गरिने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस्