काठमाडाैं । चीनमा हिजो मात्रै कोराना भाइरसले ९७ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ८ पुगेको छ । चीनमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार १ सय ७१ पुगेको छ भने १ लाख ८७ हजार ६ सय १८ जनाको उपचार भइरहेको छ ।
जसमा ३ हजार २ सय ८१ जना उपचारपछि घर फर्केका छन् । यसैबीच विश्व स्वास्थ्य संगठनले एक विशेषज्ञको टोली अनुसन्धानका लागि चीन पठाएको छ । यता कोरोना भाइरसले विश्वका अन्य २७ देशका नागरिकहरु पनि संक्रमित भइसकेका छन् ।
यसैबीच हङकङले क्रुजको क्वारेन्टाइनमा राखेका ७ सय जनालाई घर जान अनुमति दिएको छ । एकै दिनमा चीनमा कोरोनाका कारण एकै दिनमा यति धेरैको मृत्यु भएको यो पहिलो घटना हो ।