काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ । आगामी १४ औँ महाधिवेशनको विषयमा छलफल गर्न आज बैठक बस्न लागेको जनाइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
कांग्रेसले आगामी २०७७ फागुन ७ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय यस अघि नै गरिसकेको छ । गत माघ १३ मा बसेको बैठकले पार्टीको क्रियाशिल सदस्यता केन्द्रीय छानविन समिति गठन गर्ने निर्णय गरेको थियो ।
सोही बमाजिम सभापति सेरबहादुर देउवाले समिति संयोजक र सदस्यहरुको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । तालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन ०७७ कात्र्तिक १६ गते र गाउँ/नगरपालिका अधिवेशन ०७७ कात्तिक १८ गते तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन ०७७ कात्र्तिक २१ गते सम्पन्न गर्ने रहेको छ ।
त्यस्तै प्रतिनिधिसभा तथा क्षेत्रीय अधिवेशन अथावा एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन ०७७ कार्तिक २३ गते गर्ने र एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन ०७७ कार्तिक २५ गते निर्णय भएको छ । प्रदेश अधिवेशन ०७७ मंसिर २९ गते गर्ने निर्णय गरिसकेको जनाइएको छ।