इरानले गर्यो छोटो दुरीमा मार हान्ने क्षेप्यास्त्र प्रक्षेपण

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ५ : २६


काठमाडाैं । इरानले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ । राजधानी तेहरानबाट २ सय ३० किलोमिटर दक्षिण पूर्वमा रहेको स्थानबाट क्षेप्यास्त्रको प्रक्षेपण गरिएको हो ।

अमेरिकासँगको विवाद चुलिएको समयमा उसले जमिनबाट जमिनमै छोटो दुरीमा मार हान्ने क्षेप्यास्त्र प्रक्षेपण गरेको हो अमेरिकासँगको विवाद बढेपछि इरानले पछिल्ला दिनमा आणविक हतियार उत्पादन र भण्डारणलाई जोड दिदै आएको छ ।
 

पछिल्लो प्रक्षेपणले दुई देशविच थप तनाव देखिने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्