काठमाडाैं । क्यानडाको माथिल्लो सदन (सिनेट)का सभामुख नेपाल आउने भएका छन् । सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल सोमबार काठमाडौं आउने भएको हो ।
सभामुख फ्युरीको टोलीले काठमाडौं ओर्लेलगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्ने कार्यक्रम रहेको छ । टोलीले राष्ट्रियसभा बैठक अवलोकन गर्नेछ ।
उनीहरूले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।