काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ स्थिर छ। आज छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।