कोरोना भाइरसको त्रासः फिल्मी पर्दामा पनि किस र रोमान्स प्रतिबन्ध

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ४ : २६


चीन । चीनमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ९१० भन्दा बढी मानिसको ज्यान गएको छ। 

अहिलेसम्म ४० हजार ५५४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। कोरोना भाइरसले महामारीको रुप लिएपछि चीनले केही कुरामा प्रतिबन्ध समेत लगाएको छ। यसै क्रममा पर्दामा देखिने किस सिनमा पनि चीनले प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

ताइवानका साना र ठूला पर्दामा अब रोमान्स, किस र अन्तरंग कुराकनीलाई लिएर ठूलो फैसला गरेको हो। कोरोना भाइरसको डरले ताइवानका फिल्म र सिरियलमा पनि किस सिनको छायांकनमा रोक लगाउन आदेश दिएको हो। यतिमात्र हैन छायांकनका क्रममा अभिनेत्री र अभिनेताबीच नजिक वा आमनेसामने भएर कुरा गर्न पनि रोक लगाइएको समाचारमा उल्लेख छ। 

ताइवानको न्यूज एजेन्सी यूनाइटेड डेली रिर्पोटमा भनिएको छ, 'चीनको वुहान शहरमा फैलिएको घातक कोरोना भाइरस यस हालसम्म पुगिसकेको छ की अब किस सिनमा पनि रोक लगाइएको छ।' 


प्रतिक्रिया दिनुहोस्