आज मौसममा आंशिक बदली, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ३ : २७


काठमाडौँ । आज पश्चिमी तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने छ भने बाँकी भू–भागको मौसम सफा रहने अनुमान गरिएको छ। 

हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएका कारण सामान्यता मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज रातिसम्म पनि पश्चिमी भू-भागमा आंशिक बदली रहेपनि अन्य स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ। 

हेर्नुहोस् ३ दिनको मौसम पूर्वानुमान 

माघ २७ गते (सोमबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २८ गते (मंगलबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ।

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

माघ २९ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 


प्रतिक्रिया दिनुहोस्