ओमानसँग शून्य लागतमा श्रम समझदारीको तयारी

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  २ : ०५


काठमाडौँ । सरकारले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी ओमानसँग श्रम समझदारी (एमओयू) गर्ने गरी तयारी गरेको छ।

नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ओमान मानव संसाधन मन्त्रालयबीच नेपालबाट श्रमिक लैजाने विषयमा छिट्टै एमओयू गर्न लागिएको हो। 

मन्त्रालयका अनुसार यसअघि भएको कुराकानीमाम माघ महिनाभित्र दुई देशबीच एमओयू सम्पन्न हुने भनिए पनि ओमानका राजाको मृत्युको कारण शोकले गर्दा केही ढिला भएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ । 
 


प्रतिक्रिया दिनुहोस्